गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ उम्मेदवारी दिने भएका छन्।
होटल व्यवसायमा संलग्न भण्डारीले श्रमिक क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेका हुन्। व्यवसायसँगै श्रमिकका समस्या, अधिकार र हितका विषयलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन्।
होटल व्यवसायीका रूपमा कार्यरत भण्डारीको उम्मेदवारीले श्रमिक तथा व्यवसायसँग सम्बन्धित मुद्दालाई पार्टीको महाधिवेशनमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
नेपाली कांग्रेस
यसै सन्दर्भमा गुल्मी क्षेत्र नम्बर १ बाट श्रमिकतर्फ उम्मेदवारी दिने तयारीमा रहेका भण्डारी पनि महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा देखिएका छन्।