सशस्त्र प्रहरीका डिएसपी थापाको कमान्डमा विलविजक भन्दा बढी बोकेको ७० लाखको लत्ताकपडा सहित ट्रक बरामद

रिपोर्ट नेपाल | 2024 Feb 26 | 07:56 am 1037

वीरगन्ज, फागुन १४। सशस्त्र प्रहरी बल पर्साले विलविजक भन्दा बढी लत्ताकपडा बोकेको ट्रकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले ७० लाख रुपैया बराबर विलविजक भन्दा बढी बोकेको लत्ताकपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको (प्रस्तावित) सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगन्ज बहुअरी सडक खण्डमा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना.८ ख.३९७८ नं.को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजकमा संकास्पद देखिएकोले मुल्य रु ७०,००,०००बराबरको कपडा र अन्दाजी मुल्य रु.४०,००,००० गरी जम्मा अन्दाजी मुल्य रु. १,१०,००,००० (एक करोड दश लाख) मूल्य बराबरको सामान सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम प्रबक्ता संगम श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.