लगुनविरुद्ध उच्च अदालत पाटनले गत बैशाख १७ गते ४ दिन कैद, १३ लाख रुपैयाँ बिगो र ५२ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । यो फैसलापछि लगुन फरार थिए ।
काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवनले बिहीबार ललितपुर महानगरपालिका-१२ लगनखेलबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।
युके पठाउने नाममा ठगी गर्ने पक्राउ
यस्तै, युके पठाउने नाममा ठगी गरेका बाग्लुङको बडिगाड गाउँपालिका-९ स्थायी घर भएका र हाल काठमाडौं-२८ बागबजार बस्ने ३६ वर्षीय पाण्डप भन्ने युद्धबहादुर केसी पक्राउ परेका छन् ।
केसीले सारदा सुवेदीसमेत तीन जनालाई वैदेशिक रोजगारीको लागि युके पठाउने भन्दै प्रतिव्यक्ति २६ लाख रुपैयाँ खर्च देखाउँदै ७६ लाख रुपैयाँ ठगी गरेका थिए ।
मासिक १० लाख ५० हजार रुपैयाँ तलव हुने केयर गिभरमा कामको प्रलोभन देखाएर केसीले ठगी गरेको अनुसन्धानबाट खुलेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए । केसीलाई बागबजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।