गुल्मी, मंसिर १९/ नेपाल व्याटमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठलाई केन्द्रीय समितिले आमन्त्रित सदस्यमा मनाेनित गरेको छ। लामो समय देखि व्याटमिन्टन खेलमा सकृय श्रेष्ठ निर्माण व्यवसायी समेत हुन। गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी श्रेष्ठ व्याटमिन्टन खेलाडी मात्रै नभएर सवै खेलकाे सम्मान र रूचिका साथ हेर्ने गर्छन।समाजसेवा र खेलका साथै व्यवसाय पनि सँगसँगै अघि बढाएका छन।धर्म प्रति अत्यन्तै लगनशील श्रेष्ठले पाएकाे जिम्मेवारी सहज पूरा गर्ने कुरामा गुल्मेली खेलाडी ढुक्क रहेका छन।