कास्की मंसिर ६/ पाेखरा महानगरपालिकाकाे निर्मलपाेखरी मैदानस्थित इलाइट रिसाेर्टबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ।रिसाेर्टमा जुवा खेलाउने गरेको विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त रिसोर्टमा छापा हानेकाे थियोे ।यसरी खटिएको टाेलीले रिसोर्टबाट जुवाकाे खालमा छापा हानि संचालक सन्ताेष गुरूङ सहित १६ जनालाई पक्राउ गरेको हाे।जुवाकाे खालबाट प्रहरीले १६ थान काैडा सहित ५ लाख भन्दा माथि रकम बरामद गरेको थियो ।