बाँके मंसिर १२/ खेतमा साग टिपीरहेकी बालिकालाई मुख थुनेर हत्या गरेको अभियाेगमा एक भारतीय नागरिकलाई जिल्ला अदालत बाँकेले जल चलान गरेको छ।विगत १० वर्षदेखि ससुराली बस्दै आएका भारतीय नागरिक महेश चाैहानले गत कात्तिक १४ गते हत्या गरेका थिए।डडुवा गाँउपालिका १ टेपरीमा रहेको रामकुमार बाहुघनकाे खेतमा साग टिपि रहेकी १४ वर्षिय बालिका शिलावती चमारकाे मुख थुनेर चाैहानले हत्या गरेका थिए।ट्याक्टरकाे फालिले हिर्काएर हत्या गरि पुरेका चाैहानले खेतमा गाडेका र खेतमा जाेत्दा शव फेला परेको हाैवा पिटाएक थिए।घटनाको विषयमा प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरेपछि हत्या चाैहनबाटै भएको हुनसक्ने भन्दै प्रहरीले डेढ किलोमिटर टाढाबाट चाैहानलाई पक्राउ गरेको थियोे ।पिडीत पक्षबाट कुनै जाहेरी नआएपछि प्रहरीले स्वंय आफै अनुसन्धान अघि बढाएको थियो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास बाेहाेरा तालिम प्राप्त कुकुर लिएर आफै घटनास्थल पुगेका थिए।अनुसन्धानका लागि हिरासतमा रहेका चाैहानले साविती बयान दिएपछि प्रहरीले मुद्दा अदालत बुझाएको थियोे ।यतिबेला उनी आफुले गरेको अपराध प्रति पश्चाताप गरि जेलमा बसेका छन।