गैर आवासीय बेल्जीयमको अध्यक्षमा सिताको शानदार जित

रिपोर्ट नेपाल | 2023 Jul 17 | 06:20 pm 2945

काठमाडौं, साउन १ । गैर आवासीय नेपाली संघ बेल्जीयमको अधिवेशन सम्पन्न भएको छ ।

बेल्जीयममा विभिन्न पेशमा आवद्ध नेपालीहरुको छाता संगठन संघको आइतवार भएको अधिवेशनबाट १ हजार १ सय १२ मत ल्याएर चितवनकी सिता सापकोटाले शानदार जित हासिल गरेकी हुन ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी पूर्व सभापति समेत भइसकेकी सापकोटा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा वेल्जियमबाट महासमिति सदस्यका रुपमा सहभागिता जनाएकी थिइन । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध सापकोटा नेपालमा रहँदा लोकतन्त्र प्राप्ती गर्ने आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी क्रान्तीकारी नेतृ हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.