काठमाडौं, कात्तिक १०: नेपालीहरूको दोस्रो महान् चाड तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदै छ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएर भाइटीका मनाइन्छ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।