रामचन्द्रको नयाँ गीत ‘बाध्यतामा जीवन जिएर’ सार्वजनिक (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jul 03 | 04:18 pm 5214

काठमाडाै‌ । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले नयाँ एकल लोक गीत सार्वजनिक गरेका छन् । लोक दोहोरी क्षेत्रमा मायाँ प्रेमकाे दोहोरी गीतहरु सार्बजनिक हुँने क्रम वढि रहेका बेला गायक चन्दले भने एकल लोक गीत ‘अध्यारो जीवन जिएर’ सार्बजनिक गरेका हुन् ।

मायाँ प्रेममा धोका खाएपछी उज्यालो भन्दा अध्यारो मन पर्ने जस्ता कथा भाव गीतमा रहेका छन् । गीतले माया प्रेमको भाव बाेकेको छ । माया प्रेममा परेर धोका पाएकाहरुको यर्थाथलाई गीतमा चन्दले उतारेका छन् ।

बिष्णु खत्रीको  शब्द र संगीतमा रहेको यो गीतलाई गायक चन्दको एरेन्ज र  एकल स्वर रहेको छ , भने  स्मृती तिमल्सीनाले गीतकाे भिडियाेलार्इ निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छाँयाङ्कन र प्रकाश धमलाले सम्पादन गरेकाे उक्त भिडियोमा सारिका केसी,गन्धिब सुवेदी, दिलिप उपाध्यायको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.