किन सर्‍याे राजपाको महाधिवेशन ?

रिपोर्ट नेपाल | 2019 Mar 26 | 12:28 pm 1968

काठमाडौं, चैत्र १२ : बैशाख पहिलो साता हुने भनिएको राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन नहुने भएको छ । पार्टी भित्रका आन्तरिक विवादका कारण महाधिवेशन तय गरिएको मितिमा नहुने भएको राजपा अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए ।

गत असारमा बसेको राजपा राजनीतिक समितिको बैठकले बैशाख ७, ८ र ९ गते महाविधेशन गर्ने निर्णय भएको थियो । महाधिवेशनको मिति तय भएको ९ महिना भइसक्दा पनि साधारण र सक्रिय सदस्यता वितरण हुन सकेको छैन ।

विभिन्न ६ वटा मधेसवादी दल मिलेर गठन भएको राजपाको सदस्यता वितरणमा पूर्व पार्टी अनुसारको गुटबन्दी कायम रहेको राजपा नेताहरू बताउँछन् ।

महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीनिकट नेताहरू एउटा पक्षमा र एकता हुनुअघिका बाँकी चारवटा दलका नेताहरू अर्को पक्षमा देखिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दुबै पक्षले आफू निकटलाई बढी सदस्यता दिन खोज्दा वितरणमा ढिलाइ भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.