सप्तरीमा ट्रक दुर्घटना दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 17 | 01:05 pm 1597

सप्तरी, फागुन ५ : सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नम्बरको मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.