भक्तपुर, पुस १४ : अवैध रुपमा गैंडाको खाग विक्रिवितरणका लागि बोकी हिडेको अवस्थामा एक जनालाई ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने दोलखा शैलुङ गाउँपालिका–७ का ४४ वर्षीय रमेश खड्का रहेका छन् । उनलालाई १ थान गैंडाको खाग सहित पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र महानगरीय प्रहरी वृत्त ठिमीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खड्कालाई उक्त खाग सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।