उदयपुरमा घरेलु औधोगिक महोत्सव सञ्चालन

रिपोर्ट नेपाल | 2018 Dec 01 | 12:33 pm 2027

  • तुल मगर

उदयपुर, मंसिर १५ :  उदयपुरमा घरेलु औधोगिक महोत्सव सञ्चालन हुने भएको छ । महोत्सव  यही मंसीर २० देखि २९ गतेसम्म सञ्चालन हुने छ । उक्त महोत्सवको मूल नारा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्‍ने मुल नाराका साथ सदरमुकाम गाईघाटस्थित् थरुहट रंगशालामा हुने अध्यक्ष मधुकर थापाले जानकारी दिएका छन् ।

महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने भएको छ । प्रदेश नम्बर १ मा रहेका सम्पूर्ण उद्यमीहरुलाई एकैस्थानमा एकीकृत गरी बजार प्रवर्धन र पर्यटन विकासलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्न लागेको अध्यक्ष थापाले जनाए । अाज शनिबार बिहान पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएका हुन् । गत वर्षदेखि थालिएको महोत्सवलाई निरन्तरता दिँदै यो वर्ष पनि दोस्रो महोत्सवका रुपमा सञ्चालन गरिने बताए ।

उक्त महोत्सवलाई सभ्य र भव्यरुपमा सफल पार्नका लागि स्थानीय सरकारका जनप्रतिनिधि, उद्योगी, व्यपारी, राजनीतिक दल, नागकि समाज, शिक्षक, कर्मचारी, बुद्धिजिवि, विद्यार्थी, पत्रकार सबैको महत्वपूर्ण साथ र सहयोग आवश्यक रहेकोले सबैमा अवलोकन गरी सहभागिता जनाईदिन अध्यक्ष थापाले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.