रहेनन् प्रसिद्ध लेखक डा कमलप्रकाश मल्ल

रिपोर्ट नेपाल | 2018 Nov 18 | 06:14 pm 2528

काठमाडौँ,मङ्सिर  २ : प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । उनी विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आउएका छन् ।

अङ्ग्रेजी विषयमा लामो अवधि प्राध्यापन गराउनुभएका मल्लले त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । केही समय सोही विश्वविद्यालयको शिक्षाध्यक्षकोसमेत जिम्मेवारी सम्हाल्नुभएका लेखक मल्लका अङ्ग्रेजी र नेपाल भाषाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

इतिहासकार धनबज्र बज्राचार्य र उनले मिलेर गोपालराज वंशावली प्रकाशित गरेका थिए । नेवारी शब्दकोषको पनि लेखक मल्लले सम्पादन गरेका थिए । उनको चर्चित अङ्ग्रेजी कृति ‘रोड टु नोहोयर’ हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि मङ्गलबार अमेरिकामै हुने मल्लका भाइ मल्ल के सुन्दरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.