मालदिभ्सको राष्ट्रपतिका रूपमा सोलिहको सपथ ग्रहण

रिपोर्ट नेपाल | 2018 Nov 18 | 09:28 am 2005

कोलम्बो, मंसिर २ : सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका छन्।

उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए। यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताउने गरिन्छ।

माल्दिभ्सको तत्कालिन राष्ट्रपति यमीनले प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र विदेश निर्वासनमा रहेका समय भएको निर्वाचनमा राष्ट्रपतिका लागि खासै निर्वाचन पहिले चर्चा नपाएका ५४ बर्षीय सोलिहले यमीनको अपेक्षा विपरित निर्वाचनमा बहुमत पाएका थिए।

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले सपथ गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो।

मालदिभ्सले झण्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा यूरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.