हत्यारा र योजनाकार सबैलाई पक्राउ गर्न सफल भएका ३ प्रहरी सम्मानित

रिपोर्ट नेपाल | 2018 Nov 29 | 03:42 pm 2204

गुलरिया, मंसिर १३ : बर्दिया जिल्लामा कार्यरत रहेका तीन जना प्रहरीलाई सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण ओली, प्रहरी नायव निरीक्षक वसन्त बस्नेत र प्रहरी नायव निरीक्षक लालबहादुर सुनार सम्मानित भएका हुन् ।

हत्यामा संलग्न भएका योजनाकारदेखि हत्यारा सबैलाई पक्राउ गर्न सफल भएकाले प्रहरी निरीक्षक ओलीलाई १ हजार ३ सय, प्रहरी नायव बस्नेतलाई १ हजार २ सय र प्रहरी नायव निरीक्षक सुनारलाई १ हजार २ सय नगद सहित सम्मानित गरिएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका गोब्रेपुर बस्ने ३५ वर्षीया मोहनलाल खटिकलाई गोलिहानि हत्या गरियको अभियोगमा हत्या भएको १७ औ दिनमा हत्याका योजनाकार लक्षु लोध सहित,लक्षिराम खटिक, शालिकराम खटिक, राजेन्द्र खटिक समेतलाई पक्रन सफल भएको भन्दै जिल्लाका तीन प्रहरीलाई सम्मानित गरिएको हो ।

उनीहरूलाई सम्मानित गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले हत्यामा संलग्न भएका योजनाकारदेखि हत्यारा सबैलाई पक्रन सफल भएकाले उनीहरूलाई नगद सहित सम्मानित गरिएको बताउए ।

सम्मानित भयका इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक ओलीले २ महिना अघि मात्र मैनापोखरको जिम्मेवारी सम्हालेका हुन । मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयको जिम्म्वारि सम्हाले पछि अहिले त्यस क्षेत्रबाट हुने चा्रि पैठारि समेत नियन्त्रणमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.