साझा यातायातले २० नयाँ बस ल्याउने

| 2018 Oct 26 | 02:02 pm 2154

ललितपुर, कात्तिक ९  : साझा यातायातले गत मंगलबार विजुली बसको संचालन गरेको थियो भने अव फेरी २० नयाँ बस भित्र्याउने भएको छ ।

सर्वसाधारण यात्रुहरुको थप सहजताका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेयले बताए । साथै उपत्यकाको विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको बुझिएको छ ।

थप २० बस ल्याउन काठमाडौँ महानगरपालिकाको पाँच करोड र ललितपुर महानगरपालिकाको एक करोड लगानीमा भित्र्याउन लागिएको बताए। साझा यातायातका व्यवस्थापक पाण्डेयका अनुसार नयाँ बस पनि यसअघि साझाले ल्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुने बताए। भारतीय कम्पनी अशोक लेल्याण्डको बस अवको दुई महीनाभित्र काठमाडौँ ल्याउने लक्ष्य छ । ती बसहरु ल्याएपछि सम्पूर्ण प्रकृया मिलाएर त्यसपछि सडक निर्धारण हुने बताइएको छ ।

देशभरका यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा बढी रहेको छ ।
उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस चलेका छन् । लामो दूरीमा काठमाडौँबाट बाग्लुङ र कुस्मासम्म बस सञ्चालनमा रहेको छ । केही महीना पहिलेदेखि अपाङ्गमैत्री बससमेत सञ्चालन गर्दै आएको साझाले ईलेक्ट्रिक टिकट पनि शुरु गरिसकेको छ ।

२०१८ मा शुरु भएको साझाको सेवा बीचमा लामो समयसम्म ठप्प भएपछि २०७० बाट पुनः सुविधा सम्पन्न सेवा सहित बस सञ्चालनमा ल्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.