सरकारी वकिलको कार्यालयमा सुनिलका समर्थक र प्रहरीबीच धकेलाधकेल

| 2023 Aug 11 | 04:01 pm 2885

काठमाडौँ, साउन २६ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लैजाने क्रममा शर्माका समर्थक र प्रहरीबीच धकेलाधकेल भएकाे छ ।

सांसद शर्माका समर्थकहरुले उनीमाथि दुर्व्यवहार भएको भन्दै सरकारी वकिल कार्यालय परिसरमा  नाराबाजी गरेका थिए ।

म्याद थप पछि बाहिरिने क्रममा शर्माले आफूमाथि दुर्व्यवहार भएको बताए पछि समर्थक आक्रोसित बनेका थिए ।

शर्मालाई  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । पक्राउ पछि सीआईबीको हिरासतमा रात बिताएका उनलाई शुक्रबार दिउँसो भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.