राजविराजमा एक महिलाको हत्या

रिपोर्ट नेपाल | 2018 Oct 19 | 05:15 pm 2375

सप्तरी, कात्तिक २ : आज शुक्रबार निर्मम रुपमा एकजना एकल महिलाको हत्या भएको छ ।

जिल्लाको राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा लामो समयदेखि एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवीको हत्या भएको प्रहरीले जनाएको छ ।

आशा देवीको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । भुइभरि रक्ताम्य अवस्थामा बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.