यौन हिंसाबाट बालबालिका बढी पीडित

रिपोर्ट नेपाल | 2018 Oct 10 | 03:12 pm 2065

धादिङ, असोज  २४ : सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ ।

प्रहरीको अगुवाइमा जिल्लाका १६५ विद्यालयका २१ हजार बालबालिकालाई सचेतना अभियानमा सहभागी गराइएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महिलामाथि हुने किसिमको हिंसा नियन्त्रण गर्न सबै मिलेर लाग्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.