मोटरसाईकलमा आगो लगाउने २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 24 | 12:51 pm 2093

बारा, साउन ८:  मोटरसाइकलमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले भारतिय बिनोद यादवको नाममा दर्ता रहेको बिआर ०६ एक्यु ९०११ र संदिप कुमार कौशलको नाउँमा दर्ता रहेको बिआर ०५ क्यु ३२४९ नम्बरको मोटरसाईकलमा २०७६ साउन ३ गते बिहान आगो लगाएका थिए ।

आगो लगाई क्षति पुर्‍याएको भन्ने जानकारी प्रहरी कार्यालयमा प्राप्त हुनसाथ यस कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खटीएका थिए ।

उक्त घटना विषयमा वुझ्दै जादाँ घटनामा संलग्न बारा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का २३ वर्षीय शम्भु पटेल र २० वर्षीय (चोकट भन्ने) धर्मेन्द्र साह गोढ रहेका खुल्न आएका छन् ।

उनीहरुलाई मोटरसाईकमा आगो लगाएको भनी पत्ता लागेपछि उनीहरूलाई साउन ६ गते पक्राउ गरी आगो लगाई क्षति पुर्याएको मुद्दामा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.