प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयक फिर्ता

रिपोर्ट नेपाल | 2018 Dec 26 | 06:12 pm 1620

काठमाडौं, पुस ११ :  प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएका छन् ।

प्रमाणीकरणका लागि प्रदेश प्रमुख कायस्थ समक्ष पेस गरिएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसदमै फिर्ता पठाइएको बताइएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसदमा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ। एक-दुई दिनमै त्यससम्बन्धी प्रक्रिया पूरा हुनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.