बिराटनगर, साउन ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर १ को आज (आइतवार) बसेको संसद बैठक अवरोध गरेको छ । अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गरेको हो ।
कांग्रेस सांसदहरुले बैठकमा उठेर अवरोध गरेपछि साउन १० गतेसम्म संसद बैठक स्थागित भएको छ । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले सरकारले केसीका माग विनाशर्त पुरा गर्नुपर्ने बताए । उनले सरकार गैरजिम्म्मेवार बन्दै केसीका माग सुनुवाइ नगर्नु गलत भएको जिकिर गरे ।
त्यसपछि नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारीले संसद अवरुद्ध गर्नु युक्तिसंगत नभएको बताउँदै संसद सुचार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।