काठमाडाैं, साउन १ । निर्वाचन आयाेगमा दर्ता भएका दलहरुलाई आयाेगले पटक पटक सचेत गराउँदा पनि अटेर गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेकाे छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र बुझाउनु पर्नेमा केही दलले आलटाल गरेकोले आयाेग बाध्य भएर कानुन बमोजिम अगाडी बढेकाे हाे । इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरी सार्वजनिक गर्न निर्देशन दिएकाे थियाे ।
आयोगको निर्देशन बमोजिम नगर्ने राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ बमोजिम सचेत गराउदै जरिवाना गर्ने कुरा जनाइएकाे छ ।
सचेत गराई जरिवाना परेका दलहरुकाे सूची:
[pdf-embedder url=”http://reportnepal.com/wp-content/uploads/2023/07/2080-4-1-press-२.pdf” title=”2080-4-1 press २”]