धुर्मुस-सुन्तलीले ४४ दिनमा सम्पन्न गरे वीर अस्पतालकाे सफाइ र रङराेगन

| 2018 Jun 23 | 03:34 pm 4899

काठमाडौँ , ९ असार :  कलाकार एवं सामाजिक अभियन्ता धुर्मुस-सुन्तली (सीताराम कट्टटेल र कुञ्जना घिमिरे) ले वीर अस्पतालको सफाइ तथा रङरोगनकाे काम सम्पन्न गरेका छन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनकाे सहकार्यमा थालिएकाे उक्त सफाइ अभियान ४४ दिनमा सम्पन्न भएको फाउन्डेसनले जनाएकाे छ। अस्पताल सफाइ अभियानको काम सम्पन्न भएसँगै केही दिनमै औपचारिक कार्यक्रममार्फत वीर अस्पताल प्रशासनलार्इ उक्त कार्य विवरण हस्तान्तरण गर्ने तयारी भइरहेकाे धुर्मुसले बताएका छन् ।

सुरुमा १५ दिनमा सफाइ अस्पतालकाे गर्ने भनिएकाे थियाे तर रङराेगन समेत गर्नुपरेकाले सफाइ कार्य लम्बिएकाे धुर्मुसकाे भनाइ छ । यससँगै अभियानकाे लागत पनि बढेकाे बताइएकाे छ ।

गत बैसाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफार्इकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गरेर उक्त अभियानकाे सुरुअात गरेका थिए ।

अहिले वीर अस्पतालकाे बाहिरी र भित्री चमक फेरिएकाे छ । साैचालय समेत चिटिक्क पारिएकाे छ भने भित्ताहरूमा मनाेरम चित्र तथा शान्त रङ प्रयाेग गरिएकाे छ, जसले बिरामीकाे मनलार्इ त्यसै पनि अाधा सञ्चाे पार्न सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.