दुर्घटना रोक्न सवारीको गति नापिँदै

रिपोर्ट नेपाल | 2018 Jul 02 | 06:18 pm 3610

विराटनगर, १८ असार : : प्रदेश १ का ६ जिल्लामा दुर्घटना न्यूनीकरण सवारीका गति नापिन थालेको छ । दुर्घटना न्यूनीकरण गर्दै सडक सुशासन कायम गराउन प्रदेश प्रहरी कार्यालयले यस्तो अभियान संचालन गरेको हो ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले दुर्घटना न्यूनीकरण गर्न, सडक सुशासन कायम गर्न, सहरलाई व्यवस्थित र आकर्षक बनाउनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । उनका अनुसार प्रदेश १ का इलाम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा पहिलो चरणको अभियान सुरु गरिएको छ ।

अभियान सुरु भएका स्थानमा सडक अतिक्रमण हटाउने, सवारी साधनको पार्किङ व्यस्थित गर्ने, फुटपाथ हटाउने, छाडा चौपाया नियन्त्रण गर्ने, ट्राफिक संकेत राख्ने, सडकमा पैदल यात्रुलाई बाटो काट्न सजिलो बनाउन जेव्रा क्रसिङहरु निर्माण गर्ने, सवारी साधन रोक्ने स्टेनलाई व्यवस्थित गर्ने काम भइरहेको जानकारी रिजालले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.