लाली, साउन २९: प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिकाका नगर ईन्चार्ज छविलाल ओली धर्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले उश्रृङखल गतिविधि गरेको भन्दै घोडाघोडी नगरपालिका ४ सिम्थरीको जंगलवाट उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
विप्लव समूहको बन्दको प्रभाव केही जिल्लामा व्यापक देखिए पनि केही जिल्लाहरुमा भने नियमित आवागम सूचरु नै छ।