काठमाडौं, साउन २ । विगत तीन दशक देखि रेडक्रसको पदाधिकारी बनेर सेवा दिदै आएका अनुप कुमार श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
२०५० साल माघ २७ गते नेपाल रेडक्रस सोसाइटी गुल्मीको कोषाध्यक्षबाट रेडक्रस सेवामा प्रवेश गरेका श्रेष्ठ २०५४ माघ २९ देखि २०६१ बैशाख ३ गते सम्म दुई कार्यकाल मन्त्री बनेका थिए । सानै उमेर देखि समाजसेवा प्रति समर्पित भएका अनुप श्रेष्ठ २०६१ बैशाख ४ गते देखि २०७६ पुष सम्म रेडक्रस गुल्मीको सभापति बनेका थिए ।
चार कार्यकाल सभापति र केहि समय कार्यवाहक सभापति रहेका अनुप श्रेष्ठको नेतृत्व अझै आवश्यक रहेको भनिरहेका बेला उनले जिल्लामा धेरै बस्न नभ्याउने भन्दै पद छाडेका थिए । हालसम्म गुल्मीको सदस्य रहेका श्रेष्ठ हालै नेपाल रेडक्रस सोसाइटी केन्द्रको सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।