काठमाडौँ जिल्ला अदालतका नासु सहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 31 | 08:13 pm 2156

काठमाडौं, माघ १७ : काठमाडौँ जिल्ला अदालतका नासु घुस सहित पक्राउ परेका छन् । नासु भोलानाथ चालिसेलाई ५लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरेको हो ।

चालिसे सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

अदालतका कर्मचारीले मुद्दा मिलाउन रकम मागेको सूचनाको अधारमा अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले नासु चालिसेलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.