कांग्रेसको तिज गितमा ‘विपीको खाँचो’ (भिडियो)

रिपोर्ट नेपाल | 2018 Aug 19 | 10:10 am 5940

काठमाडौं, भदौ ३: हिन्दु नारीहरुको महान पर्व तिज नजिकिएसँगै विभिन्‍न सामाजिक संस्कार र नारी वेदनाका विषय समेटिएर तिज गितहरु सार्वजनिक भइरहेका छन्। यही अवसरमा नेपाली कांग्रेस गुल्मीले पनि वर्तमान राजनीतिक परिवेशलार्इ व्यङ्‍ग्य गर्दै तिज गित सार्वजनिक गरेको छ।

गितमा वर्तमान कम्युनिस्ट सरकारले जनतालार्इ पिडा दिने काम गरेको र मुलुकमा विपीफ खाँचो रहेको भाव व्यक्त गरिएको छ। गितमा भनिएको छ, ‘फेरि एउटा विपीको बल्ल खाँचो भा’को छ, अहिले यो कुरा साँचो भा’को छ।’

नेपाली कांग्रेस गुल्मीका सचिव विष्णु सापकोटाको शब्द रहेको यस गितमा कम्युनिस्ट सरकारले जनताका सामाजिक सुरक्षाका रुपमा प्रदान गरिने भत्ताका प्रावधान हटाउने, भन्सार तथा एयरपोर्टमा आफ्ना मान्छे खटाउने काम गरेको र जनतालार्इ कर थोपरेको प्रसंगलार्इ व्यङ्‍ग्यत्मक शैलीमा गितमा प्रस्तुत गरिएको छ।

सुनिल थापा र शान्ति परियारको स्वर रहेको यस गितमा यही चाल भएमा कम्युनिस्ट राज्यमा सत्तामा धेरै नटिक्ने उल्लेख गरिएको छ। गंगा बस्‍नेत, समिक्षा पाण्डेय, रक्षा पाण्डेय र सुदिप श्रेष्ठको नृत्य रहेको यस गितको छायाकंन नेपाली कांग्रेसको गुल्मीको विपी स्मृति भवनमा गरिएको छ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.