करेन्ट लागेर मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 15 | 06:22 pm 2623

राजविराज, साउन ३० : सप्तरीको महदेवा गाउँपालिका–२ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय कपलेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले  जनाएको छ ।

आफ्नै धान पेल्ने मिल सञ्चालन गर्न विद्युत्को प्लक र स्विच जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । मण्डलको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.