काठमाडाैं, कात्तिक २९ः फरक फरक पेशमा आबद्ध दुई हस्तिहरुको मिश्रण तिमि बिनाको जिन्दगी RK बुद्ध नामक युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरिएको छ । नेपाल प्रहरीमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङको शब्द रचनामा नेपाल सरकारकै सिंचाई विभागमा कार्यरत सिनियर डिभिजन इन्जिनियर रेवाकान्त यादवको स्वरमा तयार भएको गीतको म्युजिक भिडियोमा देवेन्द्र क्षेत्री र दिव्यानी वलीले अभिनय गरेका छन् ।
प्रमुख अतिथि कलाकारको भूमिकामा लेखक स्वयम्ले अभिनय गरेका छन् । फौजि अड्डामा कार्यरत भयो भन्दैमा मान्छे कठोर हुँदैनन् भन्ने कुरा खापुङको गीतको शब्द कोराईले प्रष्ट पार्छ ।
अर्का प्राविधिक अड्डामा प्राविधिक कर्मचारीकाे रूपमा कार्यरत भएतापनि स्वरका धनी हुँदारहेछन् भन्ने कुरा यादवको गायकीले झनै प्रष्ट पारेको छ । हुन त खापुङले यस गीत रचना गर्नु भन्दा पहिला पनि भ्रम नामक गीत लेखेर दर्शकमाझ चर्चा बटुलीसकेका छन् ।
आलोक श्रीको संगीतमा तयार पारिएको तिमि बिनाको जिन्दगी बोलको गीत रेकर्ड गर्न पहिलो पटक गुञ्जन स्टुडियोमा छिरेका गायक यादवको गायकीले संगीतकार आलोक श्री आफै मग्न भई यस्तो गाउने खुबी भएको व्यक्ति लुकेर बस्नु भनेको संगीत तथा गायन क्षेत्रलाई हेला भएको होइन र ? भन्दै गाएकलाई व्यांग्य हान्न पनि पछि परेनन् ।
हुन त यस म्युजिक भिडियोलाई छायंकन गरी सार्वजनिक गर्दासम्मका सबै संलग्न टिमले अपनत्व कायम गरी मेहनत गरेकाले पनि म्युजिक भिडियो सारै राम्रो बनेको कुरा बजारमा चर्चा चल्न सुरु भई सकेको छ ।
उक्त म्युजिक भिडियो विभिन्न हास्य टेली चलचित्र, टेली चलचित्रहरुमा प्रहरीको भूमिकामा बाक्लै देखिने नव निर्देशक बिनोद के.सी.ले निर्देशन गरेका हुन् भने करण चौसिरको छायांकन र राजकुमार थापा मगरको सम्पादन रहेको छ ।
म्युजिक भिडियोमा इन्द्रणी स्वीट होटल बानेश्व, गोकर्ण रिसोर्ट र त्रिभुवन विमानस्थल जस्ता ठाउँहरुको मनमोहक दृष्यहरु देख्न सकिन्छ । निर्देशक के.सी.ले छायंकन उपलब्ध गराउनुहुने इन्द्रेणी स्वीट होटलका अध्यक्ष शम्भु श्रेष्ठ, त्रिभुवन विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला र गोकर्ण रिसोर्ट लगायत यस म्युजिक भिडियाेसँग सम्बन्धित तथा सबै टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।