७४ सिनेमा हलमा चलिरहेकाे ‘जानी नजानी’ एक हैर्न पर्ने

रिपोर्ट नेपाल | 2019 Mar 17 | 04:48 pm 2090

काठमाडौं, चैत्र ३ : कर्पोेरेट प्रेमकथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबारबाट मुलुकका ७४ सिनेमा हलमा रिलिज भएको छ। वितरक मनोज राठीका अनुसार मोफसलका ५२ र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज भएकाे छ ।

शुक्रबार रिलिज भएको चलचित्र ‘जानी नजानी’ मा प्रेम र उद्यमको कथा जोडिएको छ । कसरी एउटा अराजक र गैरजिम्मेवार मान्छे प्रेमको प्राप्तिका लागि सकरात्मक बाटोमा हिड्न तयार हुन्छ भन्ने कथा बोकेको चलचित्र ‘जानी नजानी’ ले सुरुवातमै दर्शहरुको राम्रो साथ पाएको छ ।

अहिलेसम्म हेरेका दर्शकहरुले जानी नजानी एकदमै राम्रो भएकाे प्रतिकृया दिएका छन् । नेपाली फिल्ममा स्थापित प्रेम शैलीभन्दा केही फरक,  उन्नत र सबै दृष्टिले उत्कृष्ट बनेको दर्शकहरुले बताएका छन् ।

चलचित्र ‘जानी नजानी’का निर्माता मोदनाथ खनाल सुरुको दुई दिनमै चलचित्रले राम्रो दर्शक र राम्रो प्रतिक्रिया पाएको बताए । चलचित्रमा कलाकारहरुको अभिनय त बेजोड छदै त सांगितिक रुपमा पनि गीतहरु हिट नै भएका छन् । नेपाली चलचित्रलाई माया गर्नेदेखि राम्रो नेपाली चलचित्र हेर्ने पखाईमा रहेकालाई ‘जानी नजानी’ सही छनोट हुने निर्माता खनालको दावी छ ।

यस चलचित्र विशुद्ध प्रेमकथामा आधारित व्यावसायिक चलचित्र निर्माण भएकाे छ। ‘जानी नजानी’ वसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो फिल्ममा आफूहरूले कर्पोरेट स्तरको प्रेम उठान गरेको र फिल्म क्षेत्रमा काम गरेको करिब दुई दशक लामो अनुभव यसमा उतारेको पनि निर्देशक अधिकारीले बताए।

चलचित्र जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी सहितका कलाकारको मुख्य भूमिका छ। चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराएका छन्। रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागरकाजी माली हुन्।

सामीप्यराज तिमिल्सिनाले लेखेको यो फिल्म सञ्जय लामाले छायांकन गरेका हुन्। अर्जुन जीसीको सम्पादन रहेको जानी नजानीमा अर्जुन पोखरेलको संगीत छ।

अभिनेता मनिष श्रेष्ठले विगतका सिनेमाभन्दा आफूले जानी नजानीमा फरक र राम्रो काम गरेको बताएका छन्। भारतीय टेली चलचित्र चन्द्र नन्दिनीकी नायिका निरिषाको यो डेब्यु फिल्म हो। भारतमा काम गरिरहेकी निरिषाले जानी नजानीको भूमिका निकै सशक्त र टिम राम्रो भएकाले आफूले यसमा काम गरेको बताएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.