हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ, आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ

रिपोर्ट नेपाल | 2020 Aug 15 | 08:04 pm 2239

प्रकृतिको दृश्य, अदृश्य विभिन्न अनुयायीहरु आ–आफ्नो कालचक्रमा फेरबदल गरिंदै आएको छ । सिंगो मानव समुदाय संगोल प्रकृतिको सुक्ष्म जिवित आत्मिय रुप मात्र हो । भौतिक शरीर र अदृश्य कोमल आत्माले निर्मित मानिसको मानवीय स्वरुप केबल प्राकृतिक अनुहारको चित्रण मात्र हो ।

प्राकृतिक कालचक्रमा यस्ता चित्रण र स्वरुपको अंश अकाशमा देखिने उल्का पिण्ड बराबर हो भन्ने बुझ्नु पर्छ । जसरी अकाशमा उल्का पिण्ड बराबर टुक्रीने र झरिने गर्छ । प्राकृतिक कालचक्रको पनि अक्ष हुन्छ । कालचक्र आफैमा पूर्ण हुदैन । मानिसको छुद्र प्रवृत्ति, संकोचयुक्त आचरण र प्राकृतिक बस्तुको बहिष्कार र बिलासी भोग सहित प्राधिकरण आहार यश चक्रको पुरक हो ।

प्राकृतिक सन्तुलन कायम राख्न यसलाई बढ्नबाट रोक्नु पर्छ। प्राकृतिक स्रोत र साधनबीच बैज्ञानिकहरुले गराउने दुरी दुरुपयोगहरु पनि प्राकृतिक कालचक्रको सहायताको अधार साबित भएको ज्ञान भएको छ । जबसम्म यी कारणहरु र अधारहरु छुद्र मानवीय आचरण र व्यबहारहरुका कारन प्राकृतिक रुपमै सन्तुलनमा आउन सक्दैन तब सम्म कालचक्रका मजबुती कमजोर हुन सक्दैन। मानिस पनि यस दुस्साहसका चक्रपथमा असामायिक परिक्रमाबाट मुक्ति पाउन गाह्रो हुने देखिन्छ ।

यस समय प्राकृतिकको गोरेटो बाटोहरु कोरोनाले कहरित छन् । प्राकृतिक कालकचक्र कोरोना समयसंग जुधेको छ । प्राकृतिक असन्तुलनता र कोरोना दुष्चक्रको रस्ता एक ठाउँमा परेको छ। दुइटै बाटो काट्ने विकल्प खोज्दै छन् । उता प्रकृतिका सचेतक दृष्यात्मक अनुयायी मानव पनि बच्ने बिकल्प खोज्दै छन्। शास्त्रका हिसाबले कलियुग केबल नामको अधारमा छन् । भगवानको स्वरुपको पुजन भन्दा पनि नाम जपनले पाप पुन्य हुने बिश्वास मानिसमा जागृत छन् । प्राकृतिक कालचक्रमा नामसँग लड्न कोरोना नाम नै अवतार भएको जस्तो देखिन्छ । धर्म र पाप बिच युद्ध सबै युगमा भएको छ। युद्ध यस युगमा पनि हुँदै छ। फरक यति लागेको छ कि त्यस युगहरुमा दृश्य र दृश्य शक्तिबीच युद्ध भै अधर्मका पक्षधरहरुको हार संहार हुन्थ्यो यस युग र यतिखेर अदृश्य शक्तिले दृश्य शक्तिलाई संहार गरिदै छ। धर्मको पक्षमा कुन शक्ति र अधर्मको पक्षधर कुन शक्ति छुट्टाउनु गाह्रो भएको छ । केबल नाम नै जपको लागि हात लागेको छ । तर जगतमा जे अवतार लिएको छ । नाश भएको पनि छ । प्राकृतिक कालचक्रको जित अवश्य हुनेछ। कोरोना समय टर्नेछ।नाश पनि हुने छ।

दैबिक प्रकोप, भुकम्प, आँधी हुरि बतास, बर्षा बाढी पहिरो लगायत विभिन्न समय र युगमा आउने र हुने मानवीय संकट रोग ब्याधिहरु प्राकृतिक कालचक्रका विशेषताहरु हुन् । यिनिहरु चक्रपथमा चक्र गर्ने क्रममा असन्तुलन भै मानवीय संकट निम्तियाउने गरेको छ । हाल कोरोना पनि रोग ब्याधिकै रुपमा चक्रपथबाट असन्तुलन भै मानवीय क्षति गरेको देखिन्छ । दृश्य अदृश्य रुपमा रहेको अनगिन्ती प्राकृतिक अनुयायीहरु मध्ये धर्तिमा मानव सचेत र सजिव प्राणी हो । प्रकृतिका गन्ध देखि सुगन्ध, गरम देखि चिसो, अथवा भौतिक शरीरमा भएको पाँच वटा ज्ञानेन्द्रीयको माध्यमबाट संसार महसुस गर्ने प्राणी हो।

उसको असल आचरण र व्यबहारले नै प्राकृतिक सन्तुलनता कायम नहुने भन्न सकिदैन । यस चक्रलाई सन्तुलन गर्ने मानवीय आँट सहास र संकल्प भयो भन्ने कोरोना समय पराजित भै आफ्नो कालचक्रको चक्रपथमा जान बेर गर्दैन । कोरोनाको पराजित निश्चित छ। भय रहित आत्मा, मनुष्यसँगको दुरी सहित दृढ प्राकृतिक बस्तुहरुको अहार गर्नुपर्ने संकल्प मानवको आधार हुने छ । यस बिना मानवीय कल्याण दुर्लभ नै देखिन्छ । प्राकृतिक बस्तुहरु बाहेक त्यस बस्तुहरुलाई गरिएको बैज्ञानिकी करण र प्राबिधिकी करणले संसारलाई छिन्न बनएको छ। मानिसले यस प्राविधि र पद्धतिहरुबाट जे जे स्पर्श र भोग गरेको छ। सब अभिशाप साबित भएको छ।

मानिसले उहीँ र उ बेलाको बस्तु भोग गर्न र आचरण सजाउन महसुस भएको छ । मानिस र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ । प्रबिधिकरन र अनावश्यक बैज्ञानिकी करणले प्राकृतिक मौलिकतामा आँच पुगेको छ । जसका कारण प्राकृतिक कालचक्रका चक्रपथमा असन्तुलनता सृजना भै समाज कोरोनाको दिगो कहरबाट कहरित छन् ।

त्यसैले जिम्मेवार जीवनशैली र प्रकृतिमैत्री दिगो विकासको खाँचो आज हरेक देश प्रविधि र आर्थिक विकासको राजमार्गमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन् जसलाई खासै ध्यान दिइएको छैन। जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। तसर्थ संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको दिगो विकास लक्ष्यलाई आत्मसात गर्ने हो भनेमात्र वास्तविक अर्थमा समृद्धि प्राप्त गर्न सकिएला।

पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ। जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.