स्कारपियो दुर्घटनामा एकको मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल | 2020 Jan 31 | 08:39 am 1795

पर्सा, माघ १७: गएराति पर्सामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका वडा नंम्वर ५ का १६ वर्षीय आकाश पटेल रहेको प्रहरीले जानकारी दिएको छ ।

बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी बिहिबार राति करिब साढे १२ बजेतिर मुर्लीचोकमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जना घाईते भएका छन् । घाइते हुनेमा फेटा गाउँपालिका १ भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज १० रानीघाटका १६ वर्षीय सोनु साह र वीरगञ्ज १० आदर्शनगरका १८ वर्षीय ओम पुरी रहेका छन् ।

घाइते हरुको स्थानीय अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.