- महेश सिंह महतो
सिरहा, असार १३: अवैध रुपमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको सामान प्रहरीले बरामत गरेको छ ।
सिरहाको बर्यापटि भन्सारबाट त्यहाँ खटिएको भन्सार टोलिले लाखाैं मुल्य बराबरको सामान बरामत गरेको हो । तस्करीले प्रयोग गरेको स ९ प २७४३ नम्बरको टिभीएस १२५ शिसीको स्टागर मोटरसाईकल र सामानसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करीले प्रहरीलाई देखेपछि सामान छोडेर भागेको प्रहरीले जनाएको छ । भन्सारमा खटिएका घुमुवा प्रहरी टोलिले उक्त परिमाणको सामान बरामत गरेको हो ।
बरामत भएको सामान चिनी १ बोरा, फ्रुटी ६ बन्डललगायतका सामानहरु रहेको छ । बरामत भएको सामान भन्सारमा राखीएको र तस्करीको खोजीकार्य तिब्र रुपमा भईरहेको नेपाल प्रहरीको सई सुरेन्द्र झा र श्याम बहादुर पटेलले जानकारी दिए ।
करिब एक लाख पाँच हजार छ सय मुल्य बराबरको सरसम्मान बरामद भएको भन्सार सहायक चन्द्रकान्त झा ले बताए ।