सांटि दिए आफ्नो मुटु, कतै तिम्रै होकी भनी

रिपोर्ट नेपाल | 2023 Jul 18 | 09:03 am 5913

कविता

सांटि दिए आफ्नो मुटु, कतै तिम्रै होकी भनी।
अधुरो थिए तिमी जस्तै, कतै भरिन्छौ कि भनी।।

तिमी खुशी हुन्छौ भने, पिडा मै सही दिन्छु।
मन भित्र कै माया दिए, जुनी जुनी तिम्रै हुन्छु।

नबोले नि तिम्रै तस्बिर, हेरेर म अघाउछु।
जहाँ जहाँ जान्छौ तिमी, त्यतै तिर म धाउँछु।।

म समुन्द्र हु, तिमी लोटा लिएर न आउनु।
बगी दिन्छु तिमी संगै, सागर बनेर आउनु।।

हतार नगर, तिम्रो सहरमा आउँदैछु।
बरु म आधा हुन्छु, तिमी पूरा हुनु।।

अरु जस्तो छैनौ तिमी, त्यसैले त भरोषा गर्छु।
आस्थाको दियो बालेर, मन मन्दिरमा सजाउँछु।।
राधे राधे जय श्री कृष्ण

– सुनिता प्रसाई

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.