सहकारी संघका अध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 02 | 06:09 pm 5283

धनकुटा , १८ असार : धनकुटा लिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठसहित दुई जना पक्राउन गरेका छन् । मालपोत कार्यालयको छाप किर्ते गरी रोक्का रहेको जग्गा फुकुवा गर्न संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

पक्रउ पर्नेमा धनकुटा नगरपालिका–६ नासल चोक घर भएका ४८ वर्षीय श्रेष्ठ र अर्का अभियुक्त दिलप्रसाद सिञ्जालीलाई चार दिनअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले पाख्रिबास नगरपालिका–२ का दिलप्रसाद सिञ्जालीको नामको मालपोत कार्यालयबाट रोक्कामा रहेको जग्गा फुकुवा गर्न छाप किर्ते गरेको जनाईएको छ ।

रोक्का गरिएको जग्गा छाप किर्ते गरी फुकुवा गरेको भन्दै डिभिजन सहकारी कार्यालय धनकुटाले गत वैशाखमा प्रशासनमा जाहेरी दिएको थियो । नेपाल सरकार वादी रहेको उक्त उजुरीमा प्रतिवादीको रुपमा श्रेष्ठ र सिञ्जाली रहेका छन् ।

‘सरकारी छाप किर्ते गरी रकम हिनामिना गरी फरार श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले खोजीका लागि पत्र पठाएको थियो’, प्रहरी प्रमुख गुरुङले भने, ‘सोही पत्र बमोजिम फरार अवस्थामा रहेका दुवै जनालाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेका सिञ्जाली र श्रेष्ठलाई जिल्ला अदालतमा बुझाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुरुङले बताए । धरौटीमा राखिएको जग्गा किर्ते छाप बनाई फुकुवा गर्ने मुख्य योजनाकार श्रेष्ठ रहेको प्रहरीको दाबी छ ।

उनीहरुलाई यसअघि तीन दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको थियो । सोमबार पुनस् एक साताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.