सशस्त्र प्रहरीद्वारा अवैध हतियार बरामद

| 2019 Oct 22 | 12:48 pm 2906

सप्तरी, कात्तिक ५: तस्करहरुले बोकेका अवैध हतियार जिल्लाको छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए ।

नेपालबाट भारत मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्करहरु मदिरासमेत छोडेर भागेको थिए ।

तस्करहरुले मोटरसाइकलसहित छोडेर भागेपछि जाँच गर्ने क्रममा २८ पिस कस्तुरी ब्राण्डका रक्सी र उक्त रक्सीको बीचमा हतियार फेला परेको बुढाथोकीले बताए।

बरामद गरिएको हतियार, रक्सी र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.