बागलुङ मंसिर २१ / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको आराेप लगाएका छन। बिहीबार मेची-महाकाली अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको समेत आरोप लगाएका थिए। वर्तमान सरकारलाई लज्जाबोध नभएको बताउदै अध्यक्ष ओलीले अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने टिप्पणी गरे। उनले यो गठबन्धन सरकार विकास बिरोधी भएको बताउदै यसले सबै बिकाशका काम ठप्प पारेको अरोप समेत लगाएका थिए।
‘ सरकार लज्जाबोध नभएको र यसले राष्ट्रघाती काम गर्छ। यसले देशको इज्जत समाप्त पार्छ। यसले स्वाधीनता कमजोर पार्छ,’ ओलीको भनाइ थियो। विकासका कामहरु एमालेको समयमा मात्र भएको जिकिर गरेका ओलीले यो सरकार बनेपछि विकासका कामहरु ठप्प भएको पनि जिकिर गरेका थिए।
‘अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ,’ अध्यक्ष ओलीले बताएका थिए । ‘ यो कठपुतली सरकार असफल मात्रै होइन, चरम असफल सरकार भएको कुरा पनि अध्यक्ष ओलीले आरोप लगाएका थिए। ‘