संघसंस्था र राजनीतिक दल सडकमा उत्रिएपछि वृद्धि गरेको कर फिर्ता

| 2018 Jul 31 | 07:11 pm 4391

पर्सा,  साउन १५ : वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए ।

उनले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यपार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिए । प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको पनि बताए ।

महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.