बारा,असोज १६: फेटा गाउँपालिका ४, बतरामा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव फेला परेको छ ।
उक्त घटना अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर बालिकासहित पाँच जनाको ज्यान गएको प्रहरीले प्रारम्भिक जानकारी दिए ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाए ।
सो घटना करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुगेका प्रहरी उपरीक्षक विकासराज खनालले जानए ।
करिब ४/५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।