श्रेष्ठको ‘वैशाखे घाम’

| 2023 Aug 05 | 07:27 am 1413

काठमाडौँ, साउन २०। गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘वैशाखे घाम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गीतकार लाल कार्की अन्जानको शब्द रहेको छ। नागेन्द्रकै गायन तथा सङ्गीत रहेको गीतको एरेन्ज विक्कल खड्काले गर्नुभएको हो। करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन रहेको गीत सङ्गीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ भने मोडल तथा टिकटक कलाकार स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन शिवाजी क्षेत्रीले गर्नुभएको हो। प्रेम, रोमान्स र बिछोडले भरिएको प्रेम कथालाई गीतमा देखाइएको छ।(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.