४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले आम नागरिकको सहयोगविना प्रहरीको एक्लो प्रयासले मात्रै समाजमा प्रभावकारी शान्तिसुरक्षा कायम गर्न बाधा पुग्ने बताएका छन् । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीको नवनिर्मित मुख्य प्रवेशद्धार एवम कम्पाउन्ड समुदघाटन तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल प्रहरी संगठनले अंगिकार गरेका प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी जस्ता अवधारणाहरुको सार्थकताका लागि अब हरेक प्रहरी नागरिक सुरक्षाप्रति कटिबद्ध हुनुको विकल्प नरहेको कुरामा समेत उनले जोड दिए ।
आम सर्वसाधरसँग समन्वय गरी निर्माण गरीएको उक्त कार्यालयको मुख्य प्रवेशद्धार एवम कम्पाउन्डको रिवन काटि उदघाटन गरेपश्चात प्रहरी नायव महानिरीक्षक बोहराले कार्यालयको निरीक्षण अवलोकन गरी उपस्थित प्रहरी कर्मचारीहरुलाई समसामयीक विषयमा निर्देशन समेत गरे ।
उक्त कार्यक्रमका अध्यक्ष एवम सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाइँले प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक बोहरालाई स्वागत गरी मायाको चिनो प्रदान गर्दै त्यस क्षेत्रमा नेपाल प्रहरी जनतासंग हातेमालो गर्न सफल भएकै कारण समाज सुधारका थुप्रै कार्यहरु सम्पादन गरिएको सम्झना गर्दै आगामी दिनमा समेत यो क्रम जारी रहने कुरामा आफु विश्वस्त रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना र ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले समाजका विकृती विसंगतीहरुको न्यूनिकरणका लागी प्रहरीले जनतासंग हातेमालो गर्दै नागरीकमा प्रहरीप्रतिको अपmन्तवको भावनामा विकाश गरिरहेको बताए ।
उक्त कार्यक्रममा विभिन्न गाउँपालिकाका प्रमुख , वडा अध्यक्ष, सामुदायिक सेवा केन्द्रका प्रमुख एवम प्रतिनिधि ,उघोग वाणिज्य संघका प्रमुख एवम प्रतिनिधि आमा समुह, सञ्चारकर्मी लगायतको उपस्थितति रहेको थियो ।