वीरगञ्जकाे सुशील वनस्पती उद्योगमा भीषण आगलागी

| 2019 Jul 06 | 10:31 am 2302

पर्सा, असार २१:  शनिबार वीरगञ्ज महानगरपालिका–२१, लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा भीषण आगलागी भएको छ ।

बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म पनि आगो नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए  ।

आगो निभाउन यतिखेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली आगलागीस्थलमा खटिएको छ ।

वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.