इनरुवा, कार्तिक ८: सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ।
धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए।
त्यसैगरी इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएको प्रहरी नायव उपरीक्षक फुँयालले जानकारी दिए।
इनरुवाबाट १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ।