विभिन्न मुद्दाका फरार ४ अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 01 | 06:32 pm 1835

बारा, पुस १६: विभिन्न मुद्दामा फरार रहेका ४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका १ का भंकर सिंह राजपुत, जमुना सिंह राजपुत, बारा सिम्रौनगढ नपा ११ का मनोज साह कानु र बारा सुवर्ण गाउँपालिका २ का बिष्णुकान्त प्रसाद यादव रहेका छन् ।

उनीहरु सम्मानित बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले विभिन्न मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका थिए ।

फरार रहेका अभियुक्तहरुलाई हिजो र आज जिप्रकाबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जनालाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले प्रतिवादी जमुना सिंह राजपुत, भंकर सिंह राजपुत कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको छ ।

अन्य अभियुक्तलाई आफूलाई लागेको जरिवाना रकम दाखिला गरी छुटेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.