विनाशकारी आँधीमा परी एकको मृत्यु

| 2019 Apr 06 | 08:57 pm 2297

काठमाडौं, चैत्त २३ : शनिबार दिउँसो पानीसँगै आएको आँधीहुरीमा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ । आँधीहुरीमा परी मृत्यु हुनेमा रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो हावाहुरीले उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बुझिएको छ । हावाहुरीका कारण स्थानीयहरूको घरको छाना उडाएको तथा केही घरहरूमा क्षति पुगेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.