विद्युत सट भएर आगलागी

रिपोर्ट नेपाल | 2018 Nov 16 | 03:23 pm 1946

सिरहा, कार्तिक ३० : सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा लाखैको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका सम्र्पूण समानहरु जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । पीडितले दिएको जानकारीअनुसार आठलाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा पसलमा कोही थिएन् । आगलागी सुरु भएपछि स्थानीयले नै पसलका प्रोपराइटर राजेश महतोलाई खबर गरेका थिए ।

आगलगाी भएलगत्तै तत्काल घटनास्थलमा पुगेर प्रहरीले आगो निभाएकोे इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.