बारा, भदौ ३: वहुविवाह मुद्दामा र सवारी ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
वहुविवाह मुद्दामा पक्राउ गर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाका ३२ वर्षीय सुनिल राउत कुर्मी रहेका छन् । उनलाई बारा जिल्ला अदालतले २०७० माघ २६ गतेको फैसला आदेशले वहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका सुनिललाई २०७६ भदौ १ गतेका दिन यस कार्यालयबाट खटिएएको प्रहरी टोलीले निजलाई लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो । उनलाई अदालतमा पेस गरी अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ।
त्यस्तै सवारी ज्यान मुद्दामा पक्राउ पर्नेमाचितवन रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवाका २८ वर्षीय जिवन नेपाली रहेका छन् । उनलाई २०७५ फागुन ३० गतेको आदेशले सवारी ज्यान मुद्दामा २४ दिन कैद र दुई हजार जरिवाना ठेकिएको थियो ।
फैसला पश्चात फरार रहेका नेपालीलाई बारा जिल्ला अदालतबाट खटिएको अभियान टोलीले कलैयामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी अदालतको आदेशले निजलाई ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ।